+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्राप्त अधिकार जोगाउन चेतनशील बन्नुपर्छ, पुरानै व्यवस्था अब सम्भव छैन : उपप्रधानमन्त्री सिंह

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, ३० चैत । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानीबाट प्राप्त लोकतान्त्रिक अधिकारको रक्षा र सम्मान गर्न सबै नागरिक सचेत बन्नुपर्नेमा जोड दिएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा कीर्तिपुरमा लोकतान्त्रिक नेवा: खलसहित विभिन्न संस्थाहरुले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थामाथि उठिरहेका आशंका र प्रश्नप्रति गम्भीर चिन्ता व्यक्त गरे।

“अधिकार केवल भोग गर्ने वस्तु होइन, त्यसको रक्षा र सम्मान गर्नु पनि नागरिकको जिम्मेवारी हो,” सिंहले भने, “हजारौंको बलिदानीबाट आएको परिवर्तनको मर्म नबुझ्नेहरुले पुरानै व्यवस्थाको कल्पना गरिरहेका छन्, तर त्यो अब सम्भव छैन।”

उनले अधिकारसँगै कर्तव्यको पनि बराबरी महत्व रहेको स्मरण गराउँदै भने, “हाम्रो व्यवहारले नै अधिकार टिकाउने हो। हामीले बुझ्नुपर्छ कि अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्।”

सिंहले राजनीतिक स्थायित्वमार्फत समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउँदै जनतामा बढ्दो निराशा सुधारको अवसर बन्न सक्ने पनि उल्लेख गरे। “निराशा चिर्न सकिन्छ, त्यसका लागि जनताले परिवर्तन खोजेको भावना बुझेर काम गर्नुपर्छ,” उनले थपे।

कार्यक्रममा उनले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै जनतामाझ विश्वास पैदा गर्ने खालको नेतृत्व आवश्यक रहेको धारणा पनि राखे

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ