+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजतन्त्रको नाममा भ्रम फैलाएर राजनीति सम्भव छैन : प्रधानमन्त्री ओली

कार्यक्रमले एमालेलाई पुनः संगठित गर्दै स्थानीय स्तरमा जागरण फैलाउने उद्देश्य बोकेको बताइएको छ। प्रम ओलीले एमालेलाई मुलुकको भविष्यको पार्टीको रुपमा प्रस्तुत गर्दै "एमाले असफल भए देश असफल हुन्छ" भन्ने कडा चेतावनी थिए

जनवाच
१ हप्ता अगाडी

झापा, दमक । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढिसकेको बताउँदै अब अराजकता र भ्रमको राजनीति सफल नहुने स्पष्ट पारेका छन्। झापाको दमकमा नेकपा (एमाले) जिल्ला कमिटीले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “राजतन्त्रको नाममा क्रान्ति गर्ने सपना अब पुरानो भयो” भन्ने सन्देश दिएका हुन्।

प्रधानमन्त्री ओलीले देश अब कानुन र विधिको बाटोमा अघि बढिरहेको र अस्थिरता निम्त्याउनेहरूले जनताबाट अस्वीकार भइसकेको जिकिर गरे। “राजनीति स्टन्ट होइन, जिम्मेवारी हो,” भन्दै ओलीले जनताले विकास, रोजगारी र स्थायित्व खोजिरहेको बेला आन्दोलनको नाममा बैंक डुबाउने र आगजनी गर्नेहरूले जनताको समर्थन गुमाइसकेका बताए।

उहाँले भने, “राजतन्त्रको नाममा झुटा क्रान्तिको कथा अब चल्दैन। जनताले इतिहास रचना गरिसकेका छन्, अब त्यो उल्ट्याउने सपना देख्नु भ्रम हो।”

ओलीले एमाले सरकारद्वारा ल्याइएका विधेयक, कृषिमा आधुनिकीकरण, भूमिहीन सुकुम्बासी समस्या समाधानलगायतका योजनाहरूको चर्चा गर्दै अब बजेट र नीति कार्यक्रम नयाँ सोच र दृष्टिकोणसहित प्रस्तुत गरिने बताए। “हामी घाटामा गएको अर्थतन्त्रलाई सुधार गर्दैछौँ, समृद्धिको मार्गतर्फ देशलाई डोर्याउने जिम्मेवारीमा छौँ,” उनले  जोड दिए ।

युवालाई देशमै रोजगारी सिर्जना गर्दै उद्यमशीलता विकास गर्न प्रेरित गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो। एमालेले लोकतन्त्र दिवस (वैशाख ११) मा काठमाडौंमा आयोजना गर्न लागेको युवा महोत्सवप्रति संकेत गर्दै, युवाहरुको विश्वास र समर्थन अझै एमालेमा बलियो रहेको दाबी गरे।

कार्यक्रममा एमालेका वरिष्ठ नेता योगेश भट्टराई, उपाध्यक्ष गुरु बराल, प्रदेश इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ