+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

समाजवादी रौतहट अध्यक्षमा पुनः कमल यादव चयन

जनवाच
१ हप्ता अगाडी

रौतहट । नेकपा (एकीकृत समाजवादी) रौतहटमा नेतृत्वको पुनरावृत्ति भएको छ । पार्टीको नवौं जिल्ला अधिवेशनले कमल राय यादवलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएपछि जिल्लामा स्थिर नेतृत्वप्रति पार्टी कार्यकर्ताहरूको विश्वास झल्किएको छ।

चैत २८ देखि सुरु भई २९ गते रातिसम्म चलेको अधिवेशनबाट ७४ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको उक्त अधिवेशनले संगठनात्मक एकता र अनुशासनलाई प्राथमिकतामा राख्दै नेतृत्व चयन गरेको निर्वाचन समिति संयोजक भुपेन्द्र खड्काले जानकारी दिए।

कमिटीमा यादवको साथमा उपाध्यक्षमा मदन सापकोटा र जिन्दा देवी, सचिवमा बालकृष्ण श्रेष्ठ तथा उपसचिवमा पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादव रहेका छन्।

नेतृत्व चयनको क्रममा कुनै विवाद वा प्रतिस्पर्धा नदेखिनु र सबै पदाधिकारी निर्विरोध चयन हुनु पार्टीभित्रको आन्तरिक सहमति र एकताका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

जिल्ला कमिटीमा राजदेव सहनी मलाहा, ऋषिप्रसाद ढुङ्गाना, बुधाई खाँ पैठान, मिन्त्रा कुमारी, सुरेन्द्र पनहर, चम्पादेवी राम, रामलक्ष्मण पटेल, उर्मीला देवी पासवान, अवधेश साह, फुलझरिया देवी राम, भूमध्य चौधरी, रामपुकार यादव, दिनेश राम लगायतको प्रतिनिधित्व रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ