+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

चीनसँग सम्झौताका लागि ट्रम्प खुल्ला, ट्यारिफ युद्ध विश्व बजारमै भारी

एक पत्रकारले चीनको मौनताबारे सोध्दा लेभिटले भनिन्, “चीनसँग प्रत्यक्ष सम्पर्क कम भए पनि हामी पारदर्शी ढंगले सबै जानकारी सार्वजनिक गर्दै गइरहेका छौं।”

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत ३० – अमेरिका र चीनबीच चलिरहेको ट्यारिफ युद्धले विश्व व्यापार क्षेत्रमै हलचल ल्याइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौता गर्न तयार रहेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटका अनुसार, ट्रम्प चीनसँगको व्यापारिक द्वन्द्व समाधानका लागि सकारात्मक सोच राखेका छन् र आवश्यक परे वार्ताका लागि समेत खुला रहेका छन्। यद्यपि, चीनले जवाफी कारबाहीलाई निरन्तरता दिए त्यसको परिणाम दुबै पक्षका लागि घातक हुने चेतावनी समेत दिइएको छ।

हालसम्म ट्रम्प प्रशासनले ७५ भन्दा बढी देशहरूलाई भन्सार शुल्कमा ९० दिनको अस्थायी छुट दिएको छ, तर चीनमाथि भने झन् कडा रुपमा १४५ प्रतिशत भन्सार कर लगाइएको छ। यो असमान भन्सार नीतिले दुई आर्थिक महाशक्तिहरूबीचको तनावलाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रवक्ता लेभिटका अनुसार, “ट्रम्पले चीनसँग पारदर्शी र वास्तविक संवादको पक्षमा रहेका छन्। व्यापारमा अमेरिकाको शोषण हुन नदिने प्रतिबद्धताका साथ उहाँ अघि बढिरहनु भएको छ।” उनले ट्रम्प प्रशासनसँग अहिले ७५ भन्दा बढी देशहरूले ट्यारिफ नीति र व्यापारिक मुद्दामा कुराकानी गर्न इच्छा देखाइसकेका पनि जानकारी दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ