+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपाल बैंकको नाफा २०००% भन्दा धेरैले उकालो

 सरकारी स्वामित्वको अग्रणी संस्था नेपाल बैंकले बीते नौ महिनामा देखाएको आर्थिक कसरत र नाफाको अभूतपूर्व वृद्धि निजी क्षेत्रका बैंकहरूसँगको प्रतिस्पर्धामा पनि बलियो कदम सावित भएको छ।

जनवाच
२ घण्टा अगाडी

काठमाडौं – चालु आर्थिक वर्षको नौ महिनामै नेपाल बैंक लिमिटेडले २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्दै बैंकिङ बजारमा नयाँ उचाइ छोएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा १३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस पटक २०३२.८० प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको हो।

बैंकको खुद ब्याज आम्दानी ४.८१ प्रतिशत बढेर ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६३६.८१ प्रतिशतले उकालो लाग्दै ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँमा पुगेको छ। यस्ता सूचकहरूले बैंकको आन्तरिक दक्षता र व्यावसायिक अनुशासनलाई प्रस्ट्याउँछन्।

१४ अर्ब ६९ करोड रुपैयाँको चुक्ता पूँजी भएको बैंकको जगेडा कोष २३ अर्ब ३१ करोड रुपैयाँ पुग्नु भनेको दीर्घकालीन वित्तीय स्थायित्वको बलियो आधार निर्माण हुनु हो। लाभांश वितरणका लागि बैंकसँग ३० करोड ६२ लाख रुपैयाँ तयारी रकम पनि छ।

हाल खराब कर्जा अनुपात (NPL) ५.४५ प्रतिशत रहेको छ, जुन अझै केही सुधारको खाँचो भएको संकेत हो। तर, बैंकले समग्र कारोबार, आम्दानी र पुँजी प्रवाहमा ल्याएको सुधारले भविष्यमा यो दर घट्ने आशा गर्न सकिन्छ।

बैंकको प्रति सेयर आम्दानी (EPS) २५.२६ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ २६.७४ रुपैयाँ रहेको छ, जसले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने संकेत गर्दछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ