+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डोटीमा चट्याङलागेर एक महिलाको ज्यान गयो , बालबालिकासहित सात जना घाइते

जनवाच
१ हप्ता अगाडी

२८ चैत, दिपायल – डोटी जिल्लाको ग्रामीण बस्तीमा चट्याङले एकै परिवारमा विपत्ति ल्याएको छ। सायल गाउँपालिका–६ दल्लेखमा बुधबार राति परेको चट्याङले ३३ वर्षीया कमला नागरीको ज्यान गएको छ भने उनका चार सन्तानसहित सात जना घाइते भएका छन्।

डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विनोद शर्माका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएकी कमलाको घटनास्थलमै मृत्यु भएको हो। सो समयमा उनी घरभित्रै थिइन्।

घटनामा कमलाका छोरी १० वर्षीया तारा, छोरा ८ वर्षीय अविशेक, ६ वर्षीय अबि र ३ महिनाका शंकर घाइते भएका छन्। यसैगरी, ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुसी नागरी पनि चट्याङबाट घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ