+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजसंस्था समर्थकहरूद्वारा सरकारलाई अल्टिमेटम : बैशाख २२ मा आत्मग्रहण

जनवाच
१ हप्ता अगाडी

 काठमाडौं – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सक्रिय रहेको जनआन्दोलन समितिले सरकारले आन्दोलनकारीहरूको रिहाइ नगरे सामूहिक गिरफ्तारी (आत्मग्रहण) को चेतावनी दिएको छ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले बैशाख २२ गतेदेखि देशभर सामूहिक आत्मग्रहण कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।

उनका अनुसार चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि नजरबन्दमा रहेका समिति अध्यक्ष नवराज सुबेदीसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका नेता तथा कार्यकर्ताहरूलाई बैशाख २१ भित्र रिहा गर्नुपर्ने माग समितिको छ।

“यदि तोकिएको म्यादभित्र आन्दोलनकारीलाई रिहा गरिएन भने हामी स्वेच्छिक रूपमा गिरफ्तारी दिन तयार हुनेछौं,” गुरुङले भने, “यो हाम्रो असहमतिको शान्तिपूर्ण अभिव्यक्ति हो।”

जनआन्दोलन समितिले आन्दोलनकारीप्रतिको दमन बन्द गरी वैचारिक मतभिन्नतालाई सम्मानपूर्वक सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ