काठमाडौँ। ग्लोकल प्रा. लि. द्वारा आयोजित “गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन् । ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्सा बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।
घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्। बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ। राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन्। उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन्। उनले बाल यौन शोषण विरुद्धको संघर्ष र रिपोर्टिङ प्रणालीलाई सुदृढ पार्न शैक्षिक कार्यशालाहरूको नेतृत्व गर्छन। जलवायु न्यायका लागि अभियन्ताको रूपमा, उनी बालबालिकाको स्वस्थ वातावरणमा अधिकारको बारेमा कार्यशालाहरू आयोजना गर्छन् ।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको उत्कृष्ट ६ फाइनलिस्टहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कामको प्रभावको आधारमा अन्तिम चरणका लागि छानिएको थियो। फाइनलिस्टहरूले विभिन्न विषयमा आत्म–क्षमता कार्यशालाहरूमा भाग लिएका थिए र उनीहरूले विभिन्न उद्योगी, कर्पोरेट व्यक्तित्व, कूटनीतिज्ञ व्यक्तित्व र सरकारी व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने अवसर पाए, जसले उनीहरूको ज्ञानलाई विस्तार ग¥यो ।
ग्लोकल टिन हिरोको यात्राले विगत दशकमा युवा नेतृत्व र सामाजिक प्रभावको सम्भावनाहरूलाई नयाँ परिभाषा दिएको छ। यसकोे सुरुआतदेखि नै यो प्रेरणाको एक राष्ट्रिय मञ्चमा परिणत भएको छ, जसले असंख्य किशोरकिशोरीहरूको कथाहरू उजागर गरेको छ र उनीहरूलाई आफ्ना समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरेको छ। हामी यो महत्त्वपूर्ण माइलस्टोनलाई मनाउँदै, भविष्यका नायकहरूलाई प्रोत्साहन गर्दै, उज्ज्वल भोलि निर्माण गर्न समर्पित छौं ।