काठमाडौं – नेपाल राष्ट्र बैंकको इतिहासमा फेरि एकपटक महिला नेतृत्वको उपस्थिति देखिएको छ। अर्थ मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कार्यवाहक (कायम मुकायम) गभर्नरको जिम्मेवारी दिएको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई राष्ट्र बैंकको नेतृत्व सम्हाल्न जिम्मा दिएका हुन्।
देशको मौद्रिक नीतिको मूल केन्द्र मानिने राष्ट्र बैंकको बागडोर एक अनुभवी महिला अधिकारीको हातमा आउनुले वित्तीय क्षेत्रमा लैङ्गिक प्रतिनिधित्वको सन्देश पनि दिएको छ। तिम्सिनाले राष्ट्र बैंकमा लामो कार्यकाल अनुभव सँगालेकी छन् र मौद्रिक तथा वित्तीय क्षेत्रको नीतिगत निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
वर्तमान परिवेशमा आर्थिक स्थायित्व र वित्तीय अनुशासन कायम राख्न राष्ट्र बैंकको भूमिकालाई अझ मजबुत बनाउने अपेक्षासहित तिम्सिनाको कार्यकाल सुरू भएको हो।