+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

थाइल्याण्ड भ्रमणपछि प्रधानमन्त्री ओलीको सन्देश : ‘नेपालमा लगानी र सहकार्यको नयाँ ढोका खुलेको छ’

जनवाच
२ हप्ता अगाडी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न थाइल्याण्डको पहिलो औपचारिक भ्रमण नेपालको आर्थिक विकासमा नयाँ सम्भावनाको ढोका खुलेको बताउँदै, लगानी र सहकार्यका अवसरहरू विस्तार हुने आशा व्यक्त गरेका छन्।

गोकर्णमा आयोजित ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक संगोष्ठी’ मा बोल्दै प्रधानमन्त्री ओलीले उक्त भ्रमण नेपाली तथा थाई व्यापारिक समुदायबीचको अनुभव आदानप्रदान र विविध सम्झौताहरूले विशेष अर्थ राख्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाली समाजमा काम गर्न नदिने प्रवृत्तिलाई रोक्नुपर्ने भन्दै भने,“देशमा छेक्ने मनोवृत्तिले विकास हुँदैन। सबैमा देशभक्ति चाहिन्छ। कानुन बनाउनु मात्र होइन, तिनको कार्यान्वयनमा दृढता देखाउनु पर्छ।”

उनले जनसंख्याको ४० प्रतिशत हाराहारी युवा भएको उल्लेख गर्दै त्यस जनशक्तिलाई दक्ष बनाउँदै देशभित्रै रोजगारी सिर्जना गर्नेतर्फ राज्य गम्भीर बन्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्क लागू गरिएको स्मरण गर्दै भने,“सूचना प्रविधिको माध्यमबाट आर्थिक लाभ लिन सकिने मार्ग खुलेको छ। दक्ष र रोजगारमुखी जनशक्ति विकासमा राज्यको ध्यान जानुपर्छ।”

संगोष्ठीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै संसदबाट पारित सूचना प्रविधि विधेयकले उत्पादन र उत्पादकत्व बढाउने आधार तयार गरेको बताए।
उनले सूचना प्रविधिको व्यापक उपयोगमार्फत आर्थिक समृद्धिको यात्रा अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ