+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट, ५६ अंकको घट्यो

जनवाच
७ महिना अगाडी

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ ।

आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४   हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१  लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ