+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

तीनकुने हिंसात्मक घटनापछि बीमा कम्पनीहरूमा चाप, झण्डै ५ करोडको क्षतिको दाबी

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १५ – राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बन्दै गएपछि भएका आगजनी र तोडफोडका कारण निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। यस घटनापछि विभिन्न बीमा कम्पनीहरूमा ठूलो मात्रामा क्षतिपूर्ति दाबी परेका छन्।

बीमा प्राधिकरणका अनुसार हालसम्म ११ वटा बीमा कम्पनीमा ४ करोड ८७ लाख ६७ हजार २० रुपैयाँ बराबरको दाबी परेको छ। तीमध्ये हालसम्म तीन वटा दाबीबाट ४५ हजार १२ रुपैयाँ मात्र भुक्तानी गरिएको छ, जुन शिखर इन्स्योरेन्सले भुक्तान गरेको हो। शिखर इन्स्योरेन्सका थप दुई दाबीहरू अझै प्रक्रियामा रहेको बताइएको छ।

क्षतिको  विवरण

इन्जिनियरिङ तथा ठेकेदार जोखिम : ३७ लाख रुपैयाँ क्षतिको दाबी
मोटर बिमा (निजी सवारीसाधन) : २२ वटा दाबी, १ करोड २९ लाख ६७७ रुपैयाँ क्षति
सम्पत्ति बिमा : १२ वटा दाबी, ३ करोड ११ लाख ६६ हजार २१३ रुपैयाँ क्षति
अन्य बिमा (विविध) : २ वटा दाबी, १० लाख १ हजार १३० रुपैयाँ क्षति

राजधानीको एक प्रमुख क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका कारण सर्वसाधारण नागरिक र व्यवसायीहरू ठूलो आर्थिक भारमा परेका छन्। क्षतिको वास्तविक आँकलन तथा बीमा दाबीहरूको भुक्तानी प्रक्रिया अझै जारी रहेको बीमा क्षेत्रका अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ