+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सेयर बजार आजपनि उकालो कारोबार उच्च

जनवाच
२ हप्ता अगाडी

काठमाडौँ, २१ चैत – सेयर बजारले लगातार दोस्रो दिन हरियाली देखाएको छ। बजारमा सुधारको संकेत देखिँदै गर्दा लगानीकर्ताहरूमा नयाँ आशा पलाएको छ।

आज नेप्से परिसूचक २.८१ अंकले बढ्दै २७०२.८६ बिन्दुमा पुगेको छ। साताको पाँचौँ दिन बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा तरलता वृद्धि भएको संकेत गर्छ।

बजारमा उतारचढाव कायमै रहे पनि ९३ कम्पनीको सेयर मूल्य बढ्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ, भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्ला केही दिनयता गिरावटसँग संघर्ष गरिरहेको सेयर बजार बुधबारदेखि सुधारोन्मुख देखिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ