+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिसेस नेपाल वर्डको अडिसन राउण्ड सम्पन्न

जनवाच
७ महिना अगाडी

मिसेस नेपाल वर्डको अडिसन राउण्ड सम्पन्न भएको छ ।

गत शनिबार बानेश्वर स्थित होटल अर्याल इन्टरनेशनलमा अडिसन राउण्ड सम्पन्न भएको हो ।
कुल ३१ जना एप्लिकेन्टले सहभागिता जनाएको उक्त अडिसन राउण्डका प्रतिष्पर्धिहरुको नतिजा आइतबार निकालिने आयोजकले जनाएको छ ।

आयोजक रिबन इन्टरटेनमेन्टका सिइओ निसु झाका अनुसार प्रतियोगीहरुका लागि भदौ १८ गतेदेखि तालिम सँचालन हुने छ ।
यस प्रतियोगिताको विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्डमा समेत भाग लिन पाउने बताइएको छ ।

आगामी कार्तिक १० गते काठमाण्डांैको प्रज्ञा भवनमा ग्राण्ड फिनाली हुने आयोजक रिबन इन्टरटेनमेन्टका एमडि आश्विनी झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ