+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

उर्जा मन्त्रालय हटलाइन सेवामा एक महिनामै, हज्जारौको उजुरी

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, २० चैत – विद्युत् सेवा सम्बन्धी समस्या तत्काल समाधान गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा सञ्चालन गरिएको हटलाइन नम्बर ९११५१० प्रभावकारी बन्दै गएको छ।

मन्त्रालयका अनुसार गुनासो गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ, जसले सेवा प्रवाहमा सुधार आएको संकेत गर्छ। हटलाइनमा नागरिकहरूले बत्ती बिना सूचना काटिएको, मिटर पाउन कठिनाइ, ट्रान्सफर्मर बिग्रिएको, अनियमित मिटर रिडिङ, पोल ढलेको तथा भोल्टेज कम आउने जस्ता गुनासोहरू गरिरहेका छन्।

हटलाइनमा कार्यरत रामकृष्ण पौडेलका अनुसार, फागुन महिनामा मात्र १,९०२ उजुरी दर्ता भए भने चैत महिनामा एक हजारभन्दा बढी गुनासो आइसकेका छन्। गुनासोहरू फेसबुक, भाइबरजस्ता डिजिटल माध्यमबाट समेत प्राप्त भइरहेका छन्।

हटलाइनमा प्राप्त गुनासोमध्ये सबैभन्दा बढी उजुरी बागमती र मधेस प्रदेशका सेवाग्राहीहरूबाट आएका छन्। नागरिकको समस्या छिटो समाधान गर्न मन्त्रालयले थप जनशक्ति परिचालन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमार्फत प्राप्त गुनासोलाई चाँडो भन्दा चाँडो समाधान गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा नै सिधै गुनासो गर्ने व्यवस्था भएपछि जिल्लास्तरका कार्यालयमा हुने ढिलासुस्तीमा कमी आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ