काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई आश्वासन दिए ।
आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले रजकको दुःखद् निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई हरसम्भव सहयोगको प्रतिबद्धता जनाये । उनले घटनाको छानबिन अघि बढिसकेको बताउँदै दोषीमाथि कडा कारवाही हुने स्पष्ट पारे ।
परिवारका सदस्यहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सुरेश रजककी श्रीमती सुजन रजकलाई रोजगारी तथा अन्य आवश्यक सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै, मृतकको दाहसंस्कारका लागि समेत राज्यले आवश्यक पहल गर्ने उल्लेख गरे ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा सम्पन्न उक्त भेटमा सुरेश रजकका दाजुहरू रमेश रजक र दिनेश रजकसमेत सहभागी थिए ।