+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भाटभटेनी कोटेश्वर स्टोरमा तोडफोड र लुटपाट हुदा : ८० लाख ३३ हजार बढीको क्षति

जनवाच
२ हप्ता अगाडी

काठमाडौं । चैत १५ गते राजावादी अराजक समूहद्वारा गरिएको तोडफोड र लुटपाटका कारण भाटभटेनी कोटेश्वर स्टोरमा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । भाटभटेनी सुपरमार्केटका अनुसार, सबैभन्दा ठूलो नोक्सानी मौज्दात सामानमा भएको छ ।

कम्पनीद्वारा गरिएको प्रारम्भिक मूल्यांकन अनुसार, ६४ लाख ८८ हजार रुपैयाँ बराबरका सामानहरू हराएका वा नष्ट भएका छन् । त्यसैगरी, भवनमा भएको क्षतिको मूल्य ११ लाख ८५ हजार रुपैयाँ रहेको छ भने फ्रिजर तथा शोकेस जस्ता उपकरणमा २ लाख ६५ हजार रुपैयाँको क्षति पुगेको छ । लुटपाटका क्रममा स्टोरबाट ९४ हजार रुपैयाँ नगदसमेत चोरी भएको पाइएको छ ।

चैत १५ गतेको घटनामा राजावादी समूहले स्टोरमा तोडफोड गर्दै लुटपाट गरेका थिए, जसका कारण व्यवसायीहरूमा सुरक्षा सम्बन्धी चिन्ता बढेको छ । घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेका छन् । प्रहरीले पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी अनुसन्धानलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ