काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। यस निर्णयसँगै, अब सर्वसाधारण लगानीकर्ताले बैंकको संस्थापक शेयर खरिद गर्न सक्ने अवसर प्राप्त गरेकको छ।
शेयर खरिदमा इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आफ्नो आवेदन बुझाउनुपर्नेछ। आवेदनमा लगानीकर्ताले किन्न चाहेका शेयरहरूको विवरण खुलासा गर्नु आवश्यक हुनेछ।