+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

पियोर इनर्जी लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न, अब सर्वसाधारणको पालो

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, चैत १७ – पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावितका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४४ हजार कित्ता शेयर निष्कासन गरेको थियो। गत फागुन २० देखि चैत ५ गतेसम्म आवेदन खुला गरिएको थियो।

बिक्री अवधिमा आवेदन दिएका २,४५२ जना स्थानीय बासिन्दा र १४,४०० जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरू लाई कम्पनीले शेयर बाँडफाँट गरेको छ। यसअन्तर्गत, सबै योग्य आवेदकहरूले शेयर प्राप्त गरेका छन्।

जसका आवेदन अस्वीकृत भए वा आईपीओ नपरेका आवेदकहरूका लागि चैत १९ गते मंगलबारदेखि रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।

पहिलो चरणको बाँडफाँट सम्पन्न भएसँगै, कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। पियोर इनर्जी लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ