+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

गोदावरीमा बाँसभित्र भविष्य खोजिरहेका शिल्पी, स्थानीयलाई चिनियाँ प्रविधिबाट आत्मनिर्भर बनाउन तालिम

गोदावरीका बाँस शिल्पीहरू नयाँ डिजाइन र प्रविधिसँग अपडेट हुँदैछन्। यो तालिम केवल स्थानीयलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र नभई हरित विकास प्रवद्र्धनमा पनि योगदान दिनेछ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका–४, बडिखेलमा बाँस उद्योगको पुनर्जागरण भइरहेको छ। चिनियाँ प्रविधि र डिजाइनसहितको बाँस तालिम स्थानीय बासिन्दाका लागि आत्मनिर्भरताको सुनौलो अवसर बनेको छ।

गोदावरीका बडिखेलबासी वर्षौंदेखि बाँसबाट सामग्री निर्माण गर्दै आए पनि नयाँ शैली र प्रविधिको अभावले व्यवसायीकरण गर्न सकेका थिएनन्। अब भने चीनको छिनसेन काउन्टीबाट आएका विशेषज्ञहरूले नयाँ डिजाइन र प्रविधि सिकाउँदै छन्। तालिमले परम्परागत सीपलाई आधुनिक रुपान्तरण गर्दै बजार प्रतिस्पर्धाका लागि स्थानीयलाई सक्षम बनाउने आशा गरिएको छ।

१६ वर्षीया समिना पहरी जस्ता युवाहरू पनि बाँस उद्योगप्रति आकर्षित हुँदैछन्। उनी भन्छिन्, “पहिले कहिल्यै बाँसको काम नगरेकोले गाह्रो लागेको थियो, तर अब आत्मनिर्भर बन्न सक्ने आत्मविश्वास बढेको छ।”

बडिखेलका अनुभवी महेश कुमार पहरी भन्छन्, “हाम्रो पुर्ख्यौली सीपलाई नयाँ प्रविधिसँग जोड्न पाउनु खुसीको कुरा हो। अब हामीले बनाएका उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्छौँ।”

तालिम दिन आएका मिस्टर लि यिनहाई, जो चीनमा ‘बाँस कला’ का मास्टर मानिन्छन्, नेपालीहरूको सीप सिक्ने लगावबाट प्रभावित भएका छन्। उनले भने, “नेपालीहरू मेहनती छन्। उनीहरूले सीप सिकेपछि यसलाई व्यवसायमा बदल्न सक्छन्। यो सानो तालिमले पनि उनीहरूको भविष्य बदल्नेछ।”

तालिममा संलग्न बाबुराम पहरी भन्छन्, “बाँसबाट बनेका नयाँ सामग्री, जस्तै लालटिन, होटल र घर सजावटका लागि लोकप्रिय बन्दैछन्। यसले व्यवसायलाई नयाँ गति दिनेछ।”

बाँस प्लास्टिकको राम्रो विकल्प भएकाले वातावरणमैत्री व्यवसायका रूपमा यसको माग बढ्दैछ। चीनको गुडविल फाउन्डेशनका अध्यक्ष मा झेजियाङ भन्छन्, “बाँस उद्योगले सिचुवानको छिनसेन काउन्टीको भविष्य बदलेको थियो, ठीक त्यसैगरी गोदावरीमा पनि हरित विकासको ढोका खोल्न सक्छ।” फोटोफिचार

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ