+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

दुर्गा प्रसाईं प्रहरीको खोजीमा, सामाजिक सञ्जालबाटै दिए चुनौती

प्रहरीले तीनकुने घटनापछि उनको खोजी तीव्र बनाएको भए पनि प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूलाई पक्राउ गर्न आवश्यक परे जहाँ बोलाए पनि जान तयार रहेको बताएका छन्।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनरत जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईं प्रहरीको खोजीमा परेका छन्। शुक्रबार दिउँसो राजावादी समर्थकहरूको हिंसात्मक प्रदर्शनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपछि प्रसाईं अज्ञात स्थानतर्फ लागेका छन्।

प्रहरीले तीनकुने घटनापछि उनको खोजी तीव्र बनाएको भए पनि प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूलाई पक्राउ गर्न आवश्यक परे जहाँ बोलाए पनि जान तयार रहेको बताएका छन्। “मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,” उनले फेसबुकमा लेखेका छन्।

प्रदर्शन उग्र बनेपछि प्रसाईंले सुरक्षाकर्मीलाई चक्मा दिँदै गाडी चलाएर स्थान परिवर्तन गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनले आन्दोलन अब रोकिने स्थिति नरहेको भन्दै आन्दोलनकारीहरूलाई निरन्तर लागिरहन आह्वान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ