+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपाल बीमा प्राधिकरणमा नेतृत्व फेरबदल: निर्देशकहरूको जिम्मेवारी पुन बाँडफाँट

प्राधिकरणले यो पुनः संरचनालाई बीमा उद्योगको नियमनलाई पारदर्शी, व्यवस्थित र दिगो बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा लिएको छ। नयाँ नेतृत्वसँगै बीमा कम्पनीहरूको अनुगमन, नियमन र अनुसन्धान प्रक्रियामा थप सुधार आउने  छ।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेतृत्व सुदृढीकरण गर्ने उद्देश्यसहित निर्देशकहरूको जिम्मेवारी पुनः बाँडफाँट गरेको छ। नयाँ जिम्मेवारी वितरणसँगै बीमा क्षेत्रको नियमन, अनुसन्धान तथा सुपरीवेक्षण प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

प्राधिकरणले आजदेखि लागू हुने गरी निर्देशक कमलप्रसाद रेग्मीलाई कानून महाशाखा, पूजन ढुंगेल (अधिकारी) लाई अनुसन्धान महाशाखा को नेतृत्व सुम्पिएको छ।

त्यस्तै, हालै मात्र निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई विभिन्न महाशाखाको जिम्मेवारी तोकिएको छ। निर्देशक शाम्बराज लामिछाने नियमन महाशाखा, निर्देशक धुव तिमिल्सिना सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारी बीमालेख महाशाखा, र निर्देशक कुन्दन सापकोटा व्यवस्थापन महाशाखा सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ