मुम्बई, १४ चैत – बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनको कार दुर्घटनामा परेको खबरले उनका प्रशंसकहरूलाई केहीबेर स्तब्ध बनायो। जुहुस्थित घर नजिकै ऐश्वर्याको कार र बेस्ट बसबीच ठक्कर भएको समाचार बाहिर आएको छ।
तर वास्तविकता के हो? प्रारम्भिक रिपोर्टहरू अनुसार यो सामान्य दुर्घटना मात्र हो, जुन ठूलो क्षतिको कारण बनेन। महत्वपूर्ण कुरा के छ भने, दुर्घटनाको समयमा ऐश्वर्या राय बच्चन कारभित्र थिइनन्।
सूत्रहरूका अनुसार करिब १.५ करोड भारुको टोयोटा वेलफेयर मोडेलको कार जुहु क्षेत्रमा रहेको बेस्ट बससँग ठोक्किएको हो। तर, ठक्कर सामान्य भएकाले कारमा कुनै ठूलो क्षति पुगेको छैन। दुर्घटनाको समाचार सार्वजनिक भएलगत्तै ऐश्वर्याका प्रशंसकहरू उनको सुरक्षाका बारेमा चिन्तित बनेका थिए।
सामाजिक सञ्जालमा ऐश्वर्याको कार दुर्घटनाको भिडियो तीव्र गतिमा भाइरल भइरहेको छ। तर, बच्चन परिवार वा ऐश्वर्यालाई कुनै हानि नभएको पुष्टि भइसकेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ, तर हालसम्म यो घटनाले ठूलो असर नगरेको देखिन्छ।