+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सिद्धार्थ बैंकको “Global Money Week 2025” मा विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान

जनवाच
३ हप्ता अगाडी

 काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले २०२५ मार्च १७ देखि २३ गतेसम्म “Global Money Week 2025” कार्यक्रमलाई हर्षोल्लासका साथ सम्पन्न गरेको छ। यस वर्षको ग्लोबल मनी विकको नारा “Think before you follow, wise money tomorrow” अनुरुप बैंकले देशभरि २४ स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी १,६६० जना विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको छ।

सिद्धार्थ बैंकले यो कार्यक्रम देशका सातै प्रदेशका विद्यालय र क्याम्पसमा सञ्चालन गरेको थियो, जसका माध्यमबाट विद्यार्र्थीहरुलाई वित्तीय सुरक्षा र डिजिटल कारोबार सम्बन्धी महत्वपूर्ण जानकारी दिइयो। यस अभियानको उद्देश्य विद्यार्थिहरुमा वित्तीय ज्ञान, व्यवहार र सीपको स्तरलाई सुधार गर्नु थियो।

बैंकले १,२१२ जना विद्यार्र्थीहरुलाई विभिन्न वित्तीय शिक्षा सम्बन्धी कार्यशालामा सहभागी गरायो भने, ४४८ जना विद्यार्थीलाई बैंकको विभिन्न शाखा भ्रमण मार्फत व्यवहारिक बैकिङ्ग सम्बन्धी शिक्षा दिइयो। यस कार्यकमले विद्यार्थीहरुलाई वित्तीय साक्षरतामा योगदान पुर्याएको र भविष्यमा आर्थिक निर्णयहरुमा सचेत बनाउन मद्दत पुगेको बैंकको विश्वास छ।

सिद्धार्थ बैंकको यो पहलले वित्तीय साक्षरता र शिक्षा क्षेत्रमा जागरुकता ल्याउने उद्देश्य पुरा गरेको छ र बैंकले आफ्नो उद्देश्यलाई थप सशक्त बनाउन, वित्तीय सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ