+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगलागी नियन्त्रणमा , ११ जनाको उद्धार

स्थानीय व्यवसायी तथा सर्वसाधारणले ठूलो क्षति हुन नदिन सुरक्षाकर्मीलाई सहयोग गरेका थिए। तत्कालै उद्दार तथा अग्निनियन्त्रण कार्य सञ्चालन भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

जनवाच
३ हप्ता अगाडी

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित सिनेमाहल रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको छ।

घटनामा ८ पुरुष र ३ महिलालाई सकुशल उद्धार गरिएको छ। भने, १ महिला र २ पुरुष सामान्य घाइते भएका छन्।

प्रहरीको २२९ जनाको टोली परिचालन भई आगलागी नियन्त्रणका लागि अहोरात्र खटिएको थियो। अग्निनियन्त्रणका लागि दमकल, हाइड्रोलिक उपकरण तथा अन्य आधुनिक प्रविधि प्रयोग गरिएको थियो।

आगलागीको कारण खुल्न नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ