+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऊर्जा

नेपालको ऊर्जामा  क्रान्ति : भारतीय लगानीकर्ताका लागि खुल्दैछ सुनौलो अवसर

नेपालको ऊर्जा क्षेत्र अहिले लगानीको आकर्षक गन्तव्य बन्दै गएको छ। जलविद्युत मात्र नभई नवीकरणीय ऊर्जा स्रोतहरूमा समेत नेपालले भारतीय लगानीकर्ताहरूका लागि नयाँ ढोका खोल्दैछ। 

जनवाच
३ हप्ता अगाडी

नयाँ दिल्ली, १३ चैत – भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल-भारत इनर्जी समिट ले नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ। नेपालका सरकारी तथा निजी क्षेत्रका ऊर्जा विशेषज्ञहरूले नेपाललाई दक्षिण एसियाको ऊर्जा हब बनाउने लक्ष्यसहित भारतीय लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिँदै, त्यसका लागि करिब ४६.५ अर्ब डलरको लगानी आवश्यक रहेको बताए। ऊर्जा क्षेत्रमा नेपाल सरकारले लगानी सुरक्षाको प्रत्याभूति गरेकाले अहिले लगानीका लागि यो सुनौलो समय रहेको उनको भनाइ छ।

हाल नेपाल-भारतबीच १००० मेगावाट विद्युत आदान-प्रदान भइरहेकोमा अर्काे १० वर्षभित्र १० हजार मेगावाट पुर्याउने दीर्घकालीन सम्झौता भइसकेको जानकारी कार्कीले दिए। उनले भारतीय लगानीकर्ताहरूसँग साझेदारीका लागि नेपालमा ५ हजार मेगावाट बराबरका जलविद्युत् आयोजना अघि बढिसकेको र थप हजारौं मेगावाट परियोजनाहरू भारतीय लगानी पर्खिरहेको बताए।

जलविद्युत्को अलावा नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेको भन्दै कार्कीले आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह लगायतका ठूला भारतीय व्यापारिक समूहलाई नेपालमा लगानी गर्न आग्रह गरे।

नेपाल-भारत ऊर्जा सहकार्यले दुवै देशलाई फाइदा
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौत का अनुसार, नेपालमा लगानी सुरक्षित मात्र नभई सरकारले विद्युत उत्पादन तथा प्रसारण पूर्वाधार विस्तारमा तीव्र काम गरिरहेको छ। ४०० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधीन रहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ