+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकको कार्यवाहक सीईओमा मनोज ज्ञवाली नियुक्त

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, चैत १३ । नबिल बैंकले नेतृत्व परिवर्तन गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) मनोज कुमार ज्ञवालीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (का.मु. सीईओ) नियुक्त गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई नयाँ जिम्मेवारी सुम्पिएको हो ।

ज्ञवाली २०७७ जेठमा नबिल बैंक प्रवेश गरेका थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी बैंकिङ क्षेत्रको लामो अनुभव बोकेका अनुभवी बैंकर हुन् । उनले नबिल बैंकमा महाप्रबन्धक, डेपुटी सीईओ हुँदै सिनियर डेपुटी सीईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसैबीच, बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले चैत १० गतेबाट लागू हुने गरी राजीनामा दिएका छन् । सञ्चालक समितिले आजै उनको राजीनामा स्वीकृत गरेको हो । ढुंगाना अब नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि दौडमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ