काठमाडौं, १२ चैत – विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौंको प्रदर्शनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन्। एकीकृत समाजवादी निकट अनेरास्ववियूले विरोध प्रदर्शन गर्दै कुलमानको पुनर्बहालीको माग राखेको थियो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘कुलमानलाई फर्काऊ, ऊर्जा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ जस्ता नारासमेत लगाए। प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए। विद्यार्थीहरूले जलिरहेको पुत्ला बोकेर अघि बढेपछि प्रहरीले हस्तक्षेप गर्दै पुत्ला नियन्त्रणमा लिएको थियो।