+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

कुमारी बैंकको १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा,सर्वसाधारणले पनि अवसर आउन सक्ने

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १२ चैत – कुमारी बैंक लिमिटेडले १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाललाई यो शेयर केवल विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी बिक्री प्रक्रिया अघि बढाइएको छ।

बैंकले इच्छुक संस्थापक शेयरधनीहरूलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन कुमारी बैंकको प्रधान कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलमार्फत दिन सकिने व्यवस्था मिलाइएको छ।

बैंकले तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नआएमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिने जनाएको छ। यसले सर्वसाधारण लगानीकर्तालाई पनि बैंकको संस्थापक शेयर खरिद गर्ने अवसर प्रदान गर्न सक्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ