+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कुलमानको बर्खास्तीप्रति कांग्रेस नेताहरूको आपत्ति, सरकारलाई ‘गलत निर्णय सच्याउन’ आग्रह

कुलमान घिसिङको बर्खास्तीविरुद्ध सत्तारुढ दलभित्रै असन्तुष्टि बढ्दै गएको देखिन्छ। अब सरकारले यो निर्णय सच्याउँछ कि आफ्नो अडान कायम राख्छ ?

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, १२ चैत – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको थियो। यस निर्णयलाई ‘अन्यायपूर्ण’ भन्दै सत्तारुढ दलकै नेताहरूले सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन्।

महामन्त्री गगन थापाले सरकारको नेतृत्वले मार्गदर्शन गर्नुको साटो ‘उल्टो बाटो लिएको’ आरोप लगाउँदै भने, “मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने हो, तर यहाँ त नेतृत्व नै गलत दिशामा हिँडिरहेको छ।”

त्यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयलाई ‘जनअपेक्षाविपरीत’ भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्। उनका अनुसार, “राजनीतिक हस्तक्षेपका कारण दक्ष र इमानदार नेतृत्वलाई हटाउनु ऊर्जा क्षेत्रका लागि घातक साबित हुन सक्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ