+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझावदिये पछि,ज्ञानेन्द्र आक्रोसित

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएका छन्। देउवाको यो भनाइप्रति राजावादीहरू आक्रोशित भएका छन् भने राप्रपा नेतृत्वले समेत कडा प्रतिक्रिया दिएको छ।

हिजो बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा देउवाले ‘ज्ञानेन्द्र शाह अब संवैधानिक राजा बन्न सक्ने सम्भावना नभएकाले राप्रपाको नेतृत्व लिनुपर्ने’ धारणा व्यक्त गरेका थिए। देउवाको यस टिप्पणीपछि राजसंस्थाका समर्थकहरू आक्रोशित भएका छन्।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देउवाको भनाइप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्। उनले भने, बीपी कोइरालाको सिद्धान्त मान्ने कांग्रेस सभापतिले राजालाई पार्टी सभापति बन्न सुझाव दिनु लज्जास्पद छ। कांग्रेसको धारणा प्रष्ट पार्न देउवाजीले चुनाव गराउने हिम्मत राख्न सक्छन्?”

देउवाको सुझावलाई कतिपयले व्यंग्यका रूपमा लिएका छन् भने कतिपयले यसलाई ‘राजनीतिक रणनीति’ भनेर व्याख्या गरेका छन्। तर, राजावादीहरू भने यो विषयमा एकमतले विरोध गर्दै देउवाको अभिव्यक्तिलाई अस्वीकार्य भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ