+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सालकको खपेटासहित एक जना पक्राउ, प्रहरीले सुरु गर्यो अनुसन्धान

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, ११ चैत। चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट एक व्यक्तिलाई सालकको खपेटासहित पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति सुवास तामाङ (३२) को साथबाट ८ थान सालकको खपटा, १ थान नङ्ग्रा, ३ थान दुम्सीको काँडा जस्तो देखिने बस्तु, नगद ५२ हजार रुपैयाँ र मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले थानकोटबाट खटिएर मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेका तामाङलाई पक्राउ गरेको हो। तामाङको साथबाट बरामद भएको सामानले ठूलो संका उत्पन्न गरेको छ र यसबारे थप अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ