+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

रातो अङ्गुरको चमत्कारी प्रभाव, पुरुषको यौन शक्ति बढाउने दाबी

वैज्ञानिकहरू भन्छन्— “रातो अङ्गुर मात्र होइन, स्वस्थ जीवनशैली अपनाएर पनि यौन क्षमतामा सुधार ल्याउन सकिन्छ। यसको वैज्ञानिक प्रमाण फेला परेको छ, जसले प्राकृतिक रूपमा समस्या समाधान गर्न मद्दत गर्नेछ।”

जनवाच
३ हप्ता अगाडी

 काठमाडौं – पुरुषहरूमा यौन क्षमताको कमी समाधान गर्न प्रयोग गरिने भियाग्राको लोकप्रियता दिनप्रतिदिन बढ्दै गए पनि हालै गरिएको अनुसन्धानले एउटा नयाँ र प्राकृतिक विकल्प पत्ता लगाएको छ। वैज्ञानिकहरूका अनुसार, नियमित रूपमा रातो अङ्गुर वा यसको जुस सेवन गरेमा पुरुषको यौन क्षमता औषधिबिना नै उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ।

चीनको तियानजिन मेडिकल युनिभर्सिटीका शोधकर्ताहरूले १,५०० मध्यम उमेरका पुरुषहरूमाथि गरिएको अनुसन्धानमा रातो अङ्गुरको जुसले इरेक्टाइल डिसफंक्शन (लिङ्गमा कडापन नहुनु) समस्या ८०% सम्म सुधार गर्न सक्ने निष्कर्ष निकालेका छन्। अन्य फलफूल तथा जुसहरूको तुलनामा रातो अङ्गुरमा पाइने फेनोल्स नामक वनस्पति रसायनले रगत प्रवाहलाई सहज बनाउने र यौन क्षमतालाई बढाउने देखिएको छ।

अन्य जुसहरूको तुलनामा रातो अङ्गुर प्रभावकारी
शोधकर्ताहरूले ९ प्रकारका विभिन्न फलफूलका जुसहरू परीक्षण गरेका थिए। तर, आँप, सुन्तला, अनानास, वा टमाटरको जुसले यौन क्षमतामा कुनै महत्वपूर्ण सुधार ल्याउन नसकेको पाइयो। अर्कोतर्फ, रातो अङ्गुरको जुस सेवन गर्ने पुरुषहरूमा इरेक्टाइल डिसफंक्शनको समस्या निकै कम देखियो।

स्वस्थ जीवनशैलीका लागि नयाँ सन्देश
विशेषज्ञहरूका अनुसार, रातो अङ्गुर सेवन गर्नुका साथै स्वस्थ आहार र नियमित व्यायामले पनि यौन क्षमतालाई दीर्घकालीन रूपमा सुधार गर्न सकिन्छ। अध्ययनले ४० वर्षपछिका पुरुषहरूले हप्तामा कम्तीमा ५ दिन रातो अङ्गुरको जुस पिउनुपर्ने सुझाव दिएको छ।

बेलायत जस्ता पश्चिमी देशहरूमा इरेक्टाइल डिसफंक्शन व्यापक समस्या बनिरहेको छ। त्यहाँका ४० वर्षमाथिका झण्डै आधा पुरुषहरू यो समस्याबाट प्रभावित छन्। वर्षेनि लाखौँ पाउण्ड खर्च गरेर भियाग्राजस्ता औषधिहरू किन्नुपर्ने बाध्यता हटाउन प्राकृतिक उपायको खोजी गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ