+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा चैत १५ गते, आकर्षक लाभांश प्रस्ताव

जनवाच
३ हप्ता अगाडी

काठमाडौं, चैत ११ – सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत १५ गते वार्षिक साधारण सभा (AGM) आयोजना गर्ने भएको छ। सभामा २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ।

कम्पनीको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने विषयमा समेत छलफल गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ