+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्रामिण सडकको महत्व: यातायात मात्र होइन, आर्थिक विकासको आधारहो ‘मन्त्री दाहाल’

वैकल्पिक सडक विकासको यो पहलले राजमार्ग अवरुद्ध हुँदा हुन सक्ने समस्या समाधान गर्ने मात्र होइन, दुर्गम क्षेत्रका नागरिकलाई सहज आवागमनको अवसर दिनेछ। 

जनवाच
४ हप्ता अगाडी

काठमाडौं, चैत ९, २०८१ – देशभरको यातायात सञ्जाललाई सुदृढ गर्न वैकल्पिक सडकको विकासलाई प्राथमिकतामा राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रतिबद्धता जनाउनुभएको छ। राजधानी नजिकैका ग्रामिण क्षेत्रहरू अझै पनि यातायात सुविधाबाट बञ्चित रहेको भन्दै उहाँले ग्रामिण सडक विस्तारमार्फत राष्ट्रिय राजमार्गको वैकल्पिक व्यवस्था गर्ने सरकारको रणनीति स्पष्ट पार्नुभएको छ।

शनिबार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रको सडक अवस्थाको निरीक्षण गर्दै मन्त्री दाहालले वैकल्पिक मार्गहरू विकास गर्नुपर्छ, जसले राजमार्गमा पर्ने दबाब कम गर्छ र ग्रामिण भेगलाई समृद्धिसँग जोड्छ भन्नुभयो। उहाँले लेले–चन्दनपुर–फापरवारी सडकलाई पूर्वी नेपालसँग जोड्न सम्भाव्यता अध्ययन गरिने जानकारी समेत दिनुभयो।

महाङ्काल गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले ग्रामिण भेगका जनताको आर्थिक तथा सामाजिक उत्थानका लागि सडक पहुँच अनिवार्य भएको बताउनुभयो। स्थानीय जनप्रतिनिधिहरूले दक्षिणी ललितपुरका सडकलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुपर्ने माग राखेपछि उहाँले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेलाई तुरुन्त सम्भाव्यता अध्ययन गर्न निर्देशन दिनुभयो।

पूर्व सांसद नवराज सिलवालले चतारा–धरान सडकसँग यो मार्गलाई जोड्न सके पूर्वी नेपालका लागि नयाँ वैकल्पिक मार्ग खुल्ने र त्यसले व्यापार तथा आवागमनलाई सहज बनाउने उल्लेख गर्नुभयो। एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ तथा ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले पनि वीपी राजमार्गसँग जोड्ने पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी तथा कोन्ज्योस्याङ गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले प्रदेश सरकारको प्रयास अपुग भएकाले संघीय सरकारले नै सडक विस्तारलाई विशेष प्राथमिकता दिनुपर्ने माग गर्नुभयो। मन्त्री दाहालले सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख गोपाल खकुरेल, विभागका इन्जिनियर प्रमोद खतिवडा तथा प्राविधिक टोली सहित सडक निरीक्षण गर्दै तत्काल गर्न सकिने सुधारका योजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ