+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

चीनमा फेला पर्यो विशाल सुन भण्डार, विश्व अर्थतन्त्रमा कस्तो प्रभाब पार्ला ?

जनवाच
४ हप्ता अगाडी

बेइजिङ, ८ चैत । चीनमा हालसम्मकै सबैभन्दा ठूलो सुन भण्डार फेला परेको छ, जसले विश्व सुन बजारमा ठूला परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। हुनान प्रान्तको पिङजियाङ काउन्टीमा पत्ता लागेको यो भण्डार करिब १,००० मेट्रिक टन रहेको अनुमान गरिएको छ, जसको अनुमानित मूल्य ८७ अर्ब अमेरिकी डलर (६०० अर्ब युआन) पुग्नेछ।

चीन विश्वका प्रमुख सुन उत्पादक देशमध्ये एक हो, जसले वार्षिक रूपमा विश्व सुन उत्पादनको १० प्रतिशत हिस्सा ओगट्छ। अब यो विशाल भण्डारको खोजपछि चीनको योगदान अझै बढ्ने देखिएको छ।

विशेषज्ञहरूका अनुसार, सुनको मूल्य र आपूर्तिमा समेत यसको दीर्घकालीन असर पर्न सक्छ। यदि चीनले यो भण्डारलाई तीव्र रूपमा उत्खनन गरी अन्तर्राष्ट्रिय बजारमा पठायो भने विश्वव्यापी सुनको मूल्य घट्नसक्ने सम्भावना रहेको छ।

यस खोजका लागि चीनको भूगर्भ ब्यूरोले अत्याधुनिक थ्रीडी मोडलिङ प्रविधिको प्रयोग गरेको थियो। सुरुमा २ किलोमिटर गहिराइमा ४० वटा खानी पत्ता लागेको थियो, तर थप अनुसन्धानपछि ३ किलोमिटर गहिराइमा समेत सुनको ठूला भण्डार फेला परेको हो।

भूगर्भीय अनुसन्धानकर्ता चेन रुलिनका अनुसार, पिङजियाङ क्षेत्रको ड्रिलिङको क्रममा लिइएको नमूनाहरूमा प्रत्येक मेट्रिक टन अयस्कमा १३८ ग्रामसम्म सुन फेला परेको छ।

चीनले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउन यो सुन भण्डारलाई रणनीतिक रूपमा उपयोग गर्न सक्छ। एकातिर, यसले देशको सुन भण्डारण वृद्धि गरी आर्थिक स्थायित्व कायम राख्न मद्दत गर्नेछ भने अर्कोतर्फ, अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व विस्तार गर्ने अवसर दिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ