+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रास्वपा सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ सरेपछि काठमाडौं फर्किए

जनवाच
१ महिना अगाडी

काठमाडौं, ७ चैत । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दर्ता गरिएको पुनरावेदन निवेदनमा आज सुनुवाइ नहुँदा रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्।

सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला अदालतको आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन दिएका थिए। ती निवेदनमाथि उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आज एकैपटक सुनुवाइ हुने तय गरिएको थियो। तर, न्यायाधीश जगतबहादुर थापा र सागर विष्टको इजलासमा मुद्दाको मिसिल अध्ययन भएपछि न्यायाधीश थापाले यसअघि सुप्रिम सहकारीसम्बन्धी सोही प्रकृतिको मुद्दामा आदेश दिइसकेकाले आफूले पुनः हेर्न नमिल्ने बताएका थिए।

उनको यो धारणा आएपछि आज सुनुवाइ स्थगित भई अर्को हप्ताका लागि सरेको छ। यसपछि लामिछाने, उनका कानूनी परामर्शदाता तथा सचिवालय सदस्यहरू काठमाडौं फर्किएका छन्।

यसैबीच, लामिछानेले स्वर्णलक्ष्मी सहकारी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन दर्ता गराउने तयारी गरेका छन्। यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई रु ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो, जुन आदेश बदर गरी साधारण तारिखमा मुद्दा पुर्पक्ष गर्नुपर्ने माग गर्दै उच्च अदालतमा पुनरावेदन गर्न लागिएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ