+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इलेक्ट्रिक स्कुटरमा लाग्ने लिक्विड कुल्ड मोटर भनेको के हो ?

जनवाच
७ महिना अगाडी

अहिले विश्वबजारमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ । यसका लागि बेट्री, मोटर, कन्ट्रोलर, चार्जर लगायतका महत्वपुणर् कम्पोनेन्टहरुको प्रविधिमा निक्कै विकास भएको पाइन्छ । यसै बीचमा अहिले विद्युतीय स्कुटरमा प्रयोग भएको लिक्वीड कुल्ड मोटरको बारेमा चर्चा गरौं ।

प्रायः विद्युतीय स्कुटरले उकालोमा तान्दैन कि भन्ने शंका पनि गरिन्छ । अथवा लामो दुरीसम्म चलाउन सकिन्न कि भन्ने गरिन्छ । यसको मुख्य कारण भनेको मोटरको क्षमता हो । विद्युतीय स्कुटरमा मोटरको क्षमता बढाउनका लागि मोटर तातिनबाट जोगाउनुपर्ने हुन्छ ।

उकालो बाटोमा चलाउँदा, धेरै वजन भएका व्यक्तिहरु बस्दा वा लामो दुरीको लगातारको यात्रा गर्दा स्कुटरको मोटर तातिन जान्छ । यसका लागि हावाबाट मात्र चिस्याएर सम्भव नहुने हुँदा लिक्विड मार्फत मोटर चिस्याउने प्रविधिको विकास भएको देखिन्छ ।

सामान्य हब मोटरलाई बाहिरी हावाले चिस्याउने काम गर्छ भने लिक्विड कुल्ड मोटरलाई हावा सँगसँगै लिक्विडले पनि चिस्याउने हुनाले यस्ता मोटरको तान्ने क्षमता बढी हुनुको साथसाथै मोटरको आयु पनि धेरै हुन्छ ।

करिब १ सय एमएल जति लिक्विड वा भनौं कुलिन आयल हाल्ने व्यवस्था त्यस्ता मोटरमा मिलाइएको हुन्छ । त्यस्तो कुलिन आयल सधैं फेरिरहन भने पर्दैन ।
नेपालमा बिक्रि भइरहेका विद्युतीय स्कुटरहरु मध्ये हामीलाई जानकारी भएअनुसार लुयान ९ीगथगबल० तथा इकोबिट ९भ्अयदष्त० ब्राण्डको स्कुटरमा लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ ।

प्रविधिमा भइरहेको विकास सँगसँगै अन्य ब्राण्डका स्कुटरमा पनि अब लिक्विड कुल्ड मोटर आउने आशा गर्न सक्दछौं ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ