+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

स्ववियु निर्वाचनमा माओवादी निकट विद्यार्थीहरूको प्रभाव, प्रचण्ड भन्छन्– ‘युवा लहर हाम्रो पक्षमा’

स्ववियु निर्वाचनका नतिजाले विद्यार्थी राजनीतिमा नयाँ शक्ति सन्तुलन ल्याउने संकेत देखिएको छ। माओवादी केन्द्र निकट विद्यार्थी संगठनले विभिन्न प्रमुख क्याम्पसहरूमा प्रभाव जमाउँदै विद्यार्थी राजनीतिमा आफ्नो उपस्थिति थप मजबुत बनाएको देखिन्छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं  – हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक परिणामले नेकपा माओवादी केन्द्रलाई उत्साहित बनाएको छ। प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) का बीचमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले उल्लेखनीय प्रभाव देखाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन परिणामप्रति उत्साह व्यक्त गर्दै यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको अभियानप्रति युवा पुस्ताले देखाएको समर्थनका रूपमा लिएको बताएका छन्।

“देशभर स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको जनलहर निकै उत्साहजनक छ। कतिपय क्याम्पसमा त सत्ता गठबन्धनका उम्मेदवारलाई समेत पराजित गर्दै हाम्रो संगठनले विजय हासिल गरेको छ,” प्रचण्डले भने।

उनले विजयी भएका सबै विद्यार्थीहरूलाई बधाई दिँदै सचेत र परिवर्तनशील युवा पुस्ताले माओवादीको मार्गलाई स्वीकार गरेको उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ