+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

प्रधानमन्त्रीको शुभकामना : “एसइई परीक्षा आत्मविश्वासका साथ दिनुहोस्”

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै भने, "मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू उत्कृष्ट अंकसहित उत्तीर्ण हुनुहोस्!"

जनवाच
१ महिना अगाडी

काठमाडौं, ६ चैत – एसइई परीक्षा सुरु हुन लागेका विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष शुभकामना व्यक्त गरेका छन्। बुधबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले विद्यार्थीहरूलाई परीक्षा भय होइन, अवसरका रूपमा लिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, “परीक्षा जीवनका विभिन्न मोडहरूमा आइरहन्छ। यसलाई डर होइन, आफ्नो क्षमता देखाउने अवसरका रूपमा लिनुपर्छ।”

उनले अघिल्लो वर्षको नतिजा अपेक्षित नभएकाले यस वर्ष सुधार हुने विश्वास व्यक्त गरे। “मैले तपाईँहरूबाट राम्रो नतिजाको अपेक्षा गरेको छु,” उनले भने।

परीक्षालाई लिएर विद्यार्थीहरूमा हुने तनावबारे कुरा गर्दै उनले “एसइईलाई पहिले फलामे ढोका भनिन्थ्यो, तर अब यो एउटा खुड्किलो मात्र हो” भन्दै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गरे।

अनिद्राको असरले परीक्षामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले उनले विद्यार्थीहरूलाई पर्याप्त आराम गर्न, धैर्य राख्न र तयारीलाई व्यवस्थित बनाउन सुझाव दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ