+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सिद्धबाबा सुरुङमार्गको काम तीव्र, भौतिक प्रगति ४५ प्रतिशत नाघ्यो

जनवाच
१ महिना अगाडी

काठमाडौं। राष्ट्रिय गौरवको परियोजनाका रूपमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ आयोजनाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ्दै गएको छ। हालसम्म सुरुङमार्गको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४३.८ प्रतिशत छ।

गत माघमा मुख्य सुरुङ ब्रेक थ्रु भएपछि आयोजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले ११ माघमा भर्चुअल माध्यमबाट मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए। सोही बेलासम्म आयोजनाको प्रगति करिब ४० प्रतिशत थियो।

सुरुङमार्ग निर्माणमा तीव्रता

सिद्धार्थ राजमार्गअन्तर्गत पहिरो जोखिमयुक्त क्षेत्र मानिने पाल्पाको दोभानदेखि सिद्धबाबासम्मको सडक सुरक्षाका लागि निर्माण भइरहेको यो सुरुङ १,०८९ मिटर लामो छ। मुख्य सुरुङसँगै तीनवटा बाइपास सुरुङ पनि ब्रेक थ्रु भइसकेका छन्। हाल सुरुङ भित्र आवश्यक अन्य संरचनाको निर्माण कार्य जारी रहेको छ।

यो सडक खण्ड बर्खा र हिउँदमा पहिरोको उच्च जोखिममा पर्ने भएकाले सुरुङमार्ग निर्माणले यात्रुहरूलाई सुरक्षित तथा सहज यात्रा गर्न सहयोग पुग्नेछ।

निर्माण पूरा गर्ने लक्ष्य २०८३ चैत

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङ २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल सुरुङ भित्रको भुइँ तथा भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने भागको तयारी, विद्युतीकरण, भेन्टिलेसन तथा नाली निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। साथै, सुरुङ आसपासको ढलान संरक्षण (स्लोप प्रोटेक्सन) को काम पनि भइरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ