+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

गायिका रचना रिमालको ‘जुनी जुनी’ फिमेल भर्सन सार्वजनिक, स्मारिका र शिसनको प्रेम–वियोगको कथा

जनवाच
१ महिना अगाडी

काठमाडौं । चर्चित गायिका रचना रिमालको ‘जुनी जुनी’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। दीपनराज शिवाकोटीको शब्द र सन्तोष सुनारको संगीतमा तयार पारिएको यो गीत नरेश बिबिसीको मिक्सिङ–मास्टरिङमा बजारमा आएको हो।

गीतको भिडियोमा मोडल स्मारिका ढकाल र शिसन सिङ बलले प्रेम–वियोगको गहिरो अनुभूति प्रस्तुत गरेका छन्। प्रेमीबाट पाएको धोका र त्यसपछि बिछोडको पीडा झल्काउने भावनात्मक दृश्यहरूले भिडियोलाई अझ प्रभावशाली बनाएको छ। बिछोडका क्षणहरूमा स्मारिका पटक–पटक भक्कानिएको दृश्यले दर्शकलाई भावुक बनाउने निर्देशक दिनेश बस्नेत बताउँछन्।

यसअघि ‘नक्कली कान्छी’, ‘अल्लारे ठिटो’, ‘आमा’, ‘बिँडी पार्टी’, ‘साथी’ लगायत थुप्रै गीतमा अभिनय गरिसकेका शिसनले यो भिडियोमा पनि दमदार उपस्थिति जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ