काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
यो बैठक आइतबार सुरु भएको छलफलको निरन्तरता हो। आजको बैठक पार्टीको संगठन सबलीकरण, आगामी रणनीति र आन्दोलनका विषयमा केन्द्रित हुने बताइएको छ।
यसैबीच, राजसंस्थाको पुनर्बहालीको मागसहित सुरु हुन लागेको आन्दोलनमा राप्रपाका नेताहरूको संलग्नता रहेको चर्चा चलेको छ। आन्दोलन निर्देशन समितिमा राप्रपाका नेताहरूको नाम राखिएको चर्चा भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जानकारी नै नदिई सदस्य बनाइएको भन्दै असन्तुष्टि जनाएका छन्।