+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नेपाली कांग्रेस पदाधिकारी बैठक आज: समसामयिक राजनीति र सरकारका गतिविधिमा छलफल

हालैको राजनीतिक वातावरणलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको यो बैठक सत्ता सन्तुलन, पार्टी रणनीति तथा समसामयिक राजनीतिक विषयमा स्पष्ट धारणा बनाउन महत्वपूर्ण हुने छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने तय गरिएको छ।

समसामयिक राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ। विशेष गरी हालै राजसंस्था पक्षधरहरूको प्रदर्शनपछि गणतन्त्रवादी शक्तिहरूको भूमिकाबारे समीक्षा गर्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ।

बैठकमा सरकारका हालका गतिविधि, नीति तथा कार्यक्रम, गठबन्धनको अवस्था र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। कांग्रेस नेतृत्वले पार्टीभित्रको आन्तरिक व्यवस्थापन र सरकारमा पार्टीको भूमिका समेत समीक्षा गर्ने सम्भावना छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ