+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाडा अटो शोमा विद्युतीय सवारीसाधनको बर्चश्व

जनवाच
७ महिना अगाडी

भदौ ११ गते मंगलबार देखि काठमाण्डौंको भृकुटिमण्डपमा सँचालित नाडा अटो शोमा विद्युतीय सवारीसाधनको बर्चश्व देखिएको छ ।

स्कुटर तथा कारहरु लगायत विभिन्न सवारीसाधन, यस सँग सम्बन्धित वस्तुहरु तथा विभिन्न बैंक तथा वित्तिय सँस्थाहरुको सहभागिता रहेको उक्त शोमा अधिकाँश आगन्तुकहरुको आकर्षण विद्युतीय सवारीसाधनमा नै देखिएको छ ।


याडिया, गोगोरो, निउ, एथर लगायतका दुइ पाँग्रे स्कुटर तथा टाटा, विवाइडि, स्काइवेल, एमजी, किया लगायतका दर्जनौं विद्युतीय सवारीसाधनहरुको उक्त शोमा आकर्षण देखिन्छ ।


नाडा अटो शो कै अवसर पारेर धेरै कम्पनीहरुले विभिन्न अफर पनि सँचालन गरेका छन् ।
एउटै कारमा १० लाख रुपैंया सम्मको नगद छुट उक्त शोमा अफर गरिएको छ ।


पहिले देखि नै बजारमा उपस्थिति देखाएका कम्पनी तथा केहि नयाँ कम्पनीहरुले आ-आफ्ना सवारीसाधनहरु प्रदर्शन गरेका छन् ।
कतिपय कम्पनीले उक्त मेलामा नै आफ्ना सवारीसाधनको लञ्च समेत गरेका छन् ।

नेपालमा सवारीसाधन बिक्रेताको कुम्भमेलाको रुपमा हेरिने नाडा अटो शोमा निक्कै झकिझकाउ र आकर्षक स्टलहरु देख्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ