+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

कविता र गजलका संगम ‘साहित्य शैली’ सार्वजनिक

जनवाच
१ महिना अगाडी

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ सार्वजनिक भएको छ। कीर्तिपुरमा आयोजित विशेष कार्यक्रममा सांसद राजेन्द्रकुमार केसी, वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

सांसद केसीले सुदिम्न दाहालले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेको भन्दै प्रशंसा गरे। उनले साहित्य लोकतान्त्रिक मूल्य–मान्यता प्रवर्द्धनको सशक्त माध्यम भएकाले सुदिम्नको योगदान सराहनीय रहेको बताए।

समीक्षक प्रा.डा. कृष्णहरि बरालले ‘साहित्य शैली’ मा समेटिएका रचनाहरू मानवता, अध्यात्म, प्रेम, र सामाजिक विकृतिका विविध पक्षमा केन्द्रित रहेको बताए। उनले सुदिम्नका कवितामा गहन विषयवस्तु सरल भाषामा प्रस्तुत गरिएको भन्दै विशेषता औंल्याए।

शिक्षक आचार्य केदारप्रसाद भण्डारीका अनुसार पुस्तकमा समेटिएका गजलहरू संरचनात्मक रूपमा परिपक्व छन् भने नेपाली गजल साहित्यलाई नयाँ उचाइ दिन सक्ने सामर्थ्य राख्छन्। उपप्राध्यापक दीपक ढकालले जीव विज्ञानका विद्यार्थी भए पनि सुदिम्नको साहित्यप्रतिको लगाव अनुकरणीय रहेको बताए।

सुदिम्न दाहालका अनुसार उनका रचनाहरू सामाजिक यथार्थ झल्काउने प्रयास हुन्। उनले भने, ‘भुइँमान्छेको आवाज कलमले बोल्नुपर्छ, मेरो कलमले सधैँ बोल्नेछ।’

‘साहित्य शैली’ मा २५ कविता र ३१ गजल गरी ५६ रचना समेटिएका छन्। देवकी घिमिरे दाहालद्वारा प्रकाशित पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ