+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया ‘डा. धवलको’

जनवाच
१ महिना अगाडी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई पुनः हिंसात्मक द्वन्द्वतर्फ धकेल्न खोजेको संकेत दिएको दाबी गरेका छन्।

राणाले सवै देशभक्त तथा राजभक्तहरूलाई अराजक गतिविधिबाट प्रभावित नभई संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन्। उनले लेखेका छन्:

“प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्ति हेर्दा देशलाई पुनः अराजकतातर्फ लैजान खोजिएको देखिन्छ। यस्तो अवस्थामा सबै सचेत नागरिकहरूले संयम अपनाउनु आवश्यक छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ