काठमाडौं। धनगढी उपमहानगरपालिका-१९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको छ भने थप दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा नदीमा डुबेर मृत्यु भएका हुन्। उनीहरूलाई मृत अवस्थामा फेला पारिएको थियो।
सोही स्थानका १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा पनि नदीमा डुबेका थिए। तर, उनीहरूलाई समयमै उद्दार गरिएकाले ज्यान जोगिएको छ। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।