+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

थापाथली क्याम्पसका प्रजेश श्रेष्ठलाई ‘श्री शंकरलाल अग्रवाल स्वर्ण पदक’ सम्मान

जनवाच
१ महिना अगाडी

काठमाडौं । इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत थापाथली क्याम्पसले आफ्नो ५९औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। स्नातक तहमा उत्कृष्ट अकादमिक नतिजा हासिल गरेका प्रजेश श्रेष्ठलाई ‘श्री शंकरलाल अग्रवाल स्वर्ण पदक २०८१’ बाट सम्मान गरिएको हो।

संस्थानले बुधबार एक विशेष समारोहको आयोजना गरी श्रेष्ठलाई स्वर्ण पदकका साथै नगद ५१ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ संकायको स्नातक तहमा सर्वाधिक अंक प्राप्त गर्दै उत्कृष्टता प्रदर्शन गरेवापत श्रेष्ठलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।

थापाथली क्याम्पसमा आयोजित यस समारोहमा इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) का डीन प्रा. डा. सुशील बहादुर बज्राचार्य प्रमुख अतिथि रहनुहुन्थ्यो भने शंकर ग्रुपका निर्देशक (सञ्चालन तथा मार्केटिङ) रवि प्रकाश, थापाथली क्याम्पसका प्रमुख डा. खेम ज्ञवाली लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा सम्पन्न भएको हो। यो सम्मानले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतामा अझै प्रेरित गर्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ