+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नेपाल मैदा उद्योग संघको ऐतिहासिक सहभागिता, अन्तर्राष्ट्रिय सम्मेलनमा ऐतिहासिक सहभागिता

नेपाल मैदा उद्योग संघको यो सहभागिता गहुँ उद्योगको विकास, उत्पादन वृद्धिको रणनीति तथा खाद्य सुरक्षाका क्षेत्रमा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने  छ।

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाल मैदा उद्योग संघले भारतको गोवामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलोपटक ऐतिहासिक सहभागिता जनाएको छ। रोलर मिल एशोसिएसन अफ इन्डियाले मार्च ३ र ४ मा आयोजना गरेको “द फ्यूचर अफ मिलिङ – भिजन २०३० एण्ड बियोन्ड” विषयक सेमिनारमा नेपालका १६ प्रतिष्ठित मैदा मिल कम्पनीहरूको प्रतिनिधित्व रहेको थियो।

नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा सहभागी टोलीले गहुँ उत्पादन, खाद्य सुरक्षा, नयाँ प्रविधि तथा उद्योगको भविष्यबारे गहन छलफल गरेको थियो। सम्मेलनमा भारतका ६०० भन्दा बढी मैदा मिल कम्पनीका प्रतिनिधिहरू, विभिन्न अन्तर्राष्ट्रिय खाद्य संस्थाका विशेषज्ञहरू तथा प्रविधि कम्पनीहरूको व्यापक सहभागिता रह्यो।

कार्यक्रममा गहुँ उत्पादन तथा बजारीकरणलाई प्रभावकारी बनाउने उपायहरू, आधुनिक प्रविधिको प्रयोग, स्याटलाइट प्रविधिबाट गहुँको उत्पादन क्षेत्रफलको निरीक्षण तथा खाद्य भण्डारण प्रविधिका नवीनतम समाधानहरूबारे विशेषज्ञहरूले प्रस्ट पारे। साथै, नेपाल र भारतबीच प्रविधि आदानप्रदान, प्राविधिक तालिम तथा खाद्य सुरक्षाका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको छ।

भारतले नेपाललाई २ लाख टन गहुँ निर्यात गर्ने निर्णय गरेसँगै, नेपाल फ्लोर मिल एसोसिएसनका प्रतिनिधिहरूले दिल्लीस्थित भारतीय सरकारी निकाय नेशनल कोअपरेटिव एक्सपोर्ट लिमिटेड का पदाधिकारीहरूसँग छलफल गरी सहज आयात प्रक्रियाका लागि समझदारी गरेका छन्। यस बैठकले गहुँ आयातमा देखिएका समस्याहरू समाधान गर्न दुवै देशका सम्बन्धित निकायहरूबीच सहकार्यको वातावरण बनाउने विश्वास गरिएको छ।

सम्मेलनमा नेपालका प्रतिनिधित्व गर्ने अध्यक्ष कुमुद दुगडलाई फेडरेशन अफ रोलर्स फ्लोर मिल इण्डिया द्वारा विशेष सम्मान प्रदान गरिएको थियो। भारतीय लोकसभाका सांसद प्रबिण खण्डेलवाल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा दुगडलाई यो सम्मान दिइएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ